काठमाण्डौ, २८ फाल्गुन ।
सभामुख कृष्ण वहादुर महराले सरोकारवालाई उत्तेजित पारेर शिक्षा बिधयेक हतार हतारमा नल्याउन सरकारलाई सुझाव दिनुभएको छ ।
मंगलबार काठमाडौमा निजी लगानीबाट सञ्चालित विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) को १४ औं महाधिवेशनको उद्घाटन गर्दे सभामुख महराले सरोकारवालासंग यथेष्ट छलफलपछिमात्र बिधेयक ल्याउन सुझाव दिनुभएको हो ।


हतार हत्तारमा बिधयेक ल्याएर सरोकारवालाहरुको समस्या समाधान नहुने भन्दै बिधेयकमा प्रयाप्त छलफलपछि मात्र ल्याउन उपयुक्त हुने उहाको भनाई छ । सभामुख महराले संसदको अर्को अधिवेशनमा मात्र बिधेयक ल्याउन सुझाव पनि दिनुभयो । विमा विधेयकमाथि लामो छलफल हुदा पनि अझै पारित हुन नसकेको उदाहरण दिदै सभामुख महराले प्रयाप्त छलफलबिनाको विधेयक अपुरो हुने स्पष्ट पार्नुभयो ।
सभामुख महराले शिक्षा क्षेत्रलाई अझै राम्रो बनाउन पूर्वाधार र लगानी पनि आवश्यक रहेको जिकिर गर्नुभयो । त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई पूर्वाधार र बिज्ञान तथा प्रविधीलाई उत्पादनशक्तिका रुपमा बुझेमात्र समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार हुने बताउनुभयो । त्यस्तै उहाले शिक्षाक्षेत्रमा लागेका पक्षहरुले बिषयमा केन्द्रित हुन सके अन्यौलता नहुने बताउनुभयो ।
कार्यक्रममा प्याव्सनका पुर्वअध्यक्ष एवं सांसद उमेश श्रेष्ठ, लगाएत अन्य व्यक्तिहरुलाई स्म्मान गरिएको थियो । महाधिवशेनले नयाँ नेतृत्व समेत चयन गर्ने प्याव्सनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार