काठमाण्डौ, २८ फाल्गुन ।
नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष जयराम लामिछानेले आफुलाई ज्यान मार्ने धम्की आएको बताउनुभएको छ ।


सिंहदरबारमा मंगलबार बसेको लेखा समिति बैठकमा उहाले पैसाको माग गरेर आफुलाई फोनमा लगातार रुपमा ज्यान मार्ने धम्की आएको जानकारी दिनुभएको हो । उहाले आफ्नो ज्यानको सुरक्षाका लागी बिभिन्न निकायलाई जानकारी गराइसकेको पनि बताउनुभयो ।
तीन दिनदेखि नचिनेको नंवरबाट आएको फोन आफुले नउठाएको र उक्त व्यक्तिले घरमा फोन गरेर ठेक्काको तीन प्रतिशत रकम बुझाउका लागी चेतावनी दिएको गुनासो गर्नुभयो ।
उहाले नेपालको निर्माण व्यवसायीहरु चन्दा आतंकको मारमा पर्ने गरेको पनि बतायनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार