पोखरा, पोखरा महानरपालिका वडा नंं ३३ को यो गैरागाउँ । पुरानो ढुंगाले छाएको घर, आँगन भरी भरिएका मानिसहरु र साथमा फूल मालाले ढाकिएको स्वर्गीय रबिन्द्र अधिकारीको तस्वीर । फागनु १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका नेपाल सरकारका सस्कृती, पर्यटन तथा नगरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीको जन्म गाउँ मात्र होईन, उहाँलाई यही गाउँले हुर्कायो, पढायो र राजनीति गर्न समेत सिकायो ।

आज फागुन २७ गतेका दिन गाउँभरीका मानिसहरु आँखाभरी आँसु लिँदै स्व. रबिन्द्रको फोटोमा फूल अर्पण गरिरहेका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा नं. ३३ ले रबिन्द्रको निधन भएको १३ औं दिनको सन्दर्भमा श्रद्धाञ्जली सभा राखेको थियो । भरतपोखरीको गैरी गाउँमा रबिन्द्रको भत्किन लागेको, पुरानो र बन्द घरको आँगनमा टिल्बिलाई रहको आँखाहरु लिँदै, आफ्नो गलालाई अबरुद्ध बनाउँदै सबैले रबिन्द्रलाई सम्झिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार