पोखरा, २६ फाल्गुन ।
भुतपुर्व माओवादी नेता नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी ३० फाल्गुनमा नेपाल बन्दको घोषणा गरेको छ ।

देशभरीका आफ्ना नेता कार्यकर्ताहरु माथी विभिन्न वाहानामा धरपकड भैरहेको र त्यसका विरुद्धमा ३० गते नेपाल बन्द आह्वान गरिएको उक्त पार्टीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । राज्यका तर्फबाट हाल चलिरहेको फासिष्ट दमन कुनै हालतमा स्विकार्य नहुने नेकपाले चेतावनी दिएको छ ।
“अहिले कथित बामपन्थि, कम्युनिष्टको सरकार भनिने समाजिक दलाल पुजिवादी सरकारले ति राष्ट्रघाती, जनघाती र भ्रष्टतत्वहरुको रक्षार्थ क्रान्तिकारी परिवर्तनशिल देशभक्तहरु माथी दमन गरिरहेको छ” विज्ञप्तीमा भनिएको छ ।
साथै उसले सरकारका गलत रवैयाहरु विरुद्धको सघर्ष जारी रहेको बताएको छ ।




