पोखरा, २४ फाल्गुन ।
प्राकृतिक स्रोतसाधन र सौन्दर्यताका हिषावले अन्य प्रदेशको तुलनामा अगाडी छ, भनिएको गण्डकी प्रदेशको पर्यटन विकासका खातिर अधिकारीहरुले एकिकृत प्रयासको थालनी गरेको दावी गरेका छन् । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्धारा आयोजित “गण्डकी प्रदेश आन्तरीक पर्यटन वर्ष २०१९” कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले प्रदेश भरिका होमस्टेहरुसंग संचालन सम्झौता गरि समृद्धिको प्ररारम्भ गरिएको बताए ।

सथनयि स्तरमा रहेका कला संस्कृति र उत्पादनहरुको विकास तथा प्रवद्र्धन मार्फत राष्ट्रिय समृद्धिको अभियानमा योगदान गर्न होमस्टेहरुलाई मुख्यमन्त्री गुरुङ्ले आह्वान समेत गरे । रोजगारीका अवसरहरु सृजना गरि पलायन भएको प्रदेशको उर्जावान युवा शक्तिलाई उपयोगका आधारहरु तयार गर्न प्रदेश सरकार निष्ठाका साथ लागिपरेको उनले बताए ।
प्रदेशमा व्याप्त गरिबि निवारणका लागी नयाँ सम्भावनाहरुको खोजि आवाश्यक रहेको उनले बताए । प्रदेशका गाँउ गाँउहरुमा घरबास कार्यक्रम मार्फत आय आर्जनका नयाँ शिराहरु खोजिको यो अभियानमा हातेमालो गर्न उनले सम्बन्धित सवैलाई आह्वान समेत गरे । गण्डकी प्रदेशमा रहेका सयौ पर्यटकिय स्थलहरुको एक पछि अर्को गर्दै शिलशिलेबार ढंगले विकास गरिने उनले विह्वास समेत ढिलाए ।
कार्यक्रममा प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले संविधानमा गरिएका व्यवस्थाहरुको सफल कार्यान्वयन मार्फत समृद्धिको यात्रामा मुलुकलाई अगाडी लैजानुको विकल्प नरहेको बताए । गण्डकी प्रदेशका विभिन्न १ सय १० पर्यटकिय स्थालहरुको पहिचान गरि विकासको अभियान थालिएको पर्यटन मन्त्री विकास लम्सालले बताए । साथै ति जिल्लाका प्रमुख १० तथा अन्या सहायक स्थलहरुको समेत पहिचान गरि प्रवद्र्धनका आवाश्यक पहलहरु तत्काल थालिने उनले विश्वास दिलाए ।
गण्डकी प्रदेशमा तिन सय होम स्टेहरुको विकास गर्ने लक्ष्य अनुरुप पहिलो चरणमा १ सय ९० वटा होम स्टेहरुसंग प्रदेश सरकारले सम्झौता गरिसकेको जनाएको छ । बाँकी होम स्टेहरुसंग पनि सम्झौताको काम तत्काल पुरा गरिने मन्त्रालयले जनाएको छ ।




