पोखरा, २३ फाल्गुन ।
हालै मात्र ताप्लेजुङ्मा भएको एक अनपेक्षित दुर्घट्नामा परि ज्यान गुमाएका नेपाल सरकारका वहालवाला पर्यटन मन्त्री रविन्द्र अधिकारीको अन्तिम संस्कारका सम्बन्धमा विश्वहिन्दु महासंघले आपत्ति जनाएको छ ।


हिन्दु परम्परा अनुसार मानिसको जिवनका १६ संस्कारहरु मध्येको अन्तिम संस्कारका रुपमा लिईने मृत्यु संस्कार विधि पुर्वक नभएको महासंघले जनाएको छ । सात दिनसम्म दर्जनौ श्रद्धान्जलीका कार्यक्रमहरु गरेर क्रियाकर्म पुरा गरेको भनि गरिएको गलत प्रचारले पोखरेली ब्रमाणहरुको शिर झुकाएको महासंघले बताएको छ ।


राजनीतिको आडमा हुने हिन्दुसंस्कारहरु माथीको अतिक्रमण कुनै हालतमा स्विकार्य नहुने बताएको महासंघले कडा प्रतिरोध र युद्धसम्मको स्थितीसम्म हुन सक्ने चेतावनी समेत दिएको छ ।
थप विवरण यो रिपोर्टमा हेर्नुहोस्………………………

https://www.facebook.com/ccmpokhara/videos/2291958810855601/?t=2

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार