पोखरा, १२ फाल्गुन ।
कास्कीको मादि गाँउपालिका वडा नं. १ खिलाङबाट पोखरा आई बसोबास गरिरहेका युवाहरु संगठित भएका छन् । व्यपार व्यवसायका शिलशिलामा पोखरा झरेका उनिहरुले झलक गुरुङको अध्यक्षतामा खिलाङ पोखरा युवा समिति गठन गरेका हुन् ।


पँधेरी गुरुङ किचन नयाँबजार पोखरामा हालै भएको एक भेलाद्धारा गठित उक्त समितिको उपाध्यक्षमा ललित गुरुङ, सचिवमा टेकन सिं गुरुङ, सहसचिवमा श्याम गुरुङ र कोषाध्यक्षमा धन बहादुर गुरुङलाई चयन गरिएको छ ।
यस्तै नौ जंग गुरुङ, अमृत गुरुङ, उत्तम गुरुङ, लोकमान गुरुङ, विश्वमान गुरुङ र कौशिला गुरुङ समितिको सदस्य रहेका छन् । समितिको सल्हाकारमा गोलमान गुरुङ, रणध्वज गुरुङ, कुशल गुरुङ, सु.रणध्वज गुरुङ र शेर बहादुर गुरुङलाई चयन गरिएको छ । विभिन्न देशहरुमा विदेश प्रतिनिधि समेत चयन गरिएको समितिको संरक्षकमा क्या.गणेश गुरुङ, टिकाराम गुरुङ र खेम बहादुर गुरुङ रहेका छन् ।


पर्यटकिय दृष्टिकोणले निकै सुन्दर खिलाङ गाँउलाई विश्वसामु चिनाउने, खिलाङको आन्तरीक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने, होम स्टेका लागी पहल गर्ने, पदमार्ग तथा गोरेटो बाटोहरु निर्माण गर्ने, कुलिस्यो सरसरफाई अभियान सुरुवात गर्ने,


सार्वजनिक शौचालय, स्वागतद्धार, पाटीपौवा तथा प्रतिक्षालय निर्माण गर्ने, विदेशस्थित भगिनी सम्बन्ध स्थापित गर्ने र खिलाङको स्थानिय कला तथा संस्कृतिको संरक्षण गर्ने लगायतका उद्देश्यले समिति गठन गरिएको सचिव टेकन सिं गुरुङले जानकारी दिए ।


पोखरा देखी झण्डै ३५ किलोमिटर ताढा तथा समुन्द्रि सतहदेखी १७०० मिटरको उचाईमा रहेको खिलाङ गाँउ गाडी तथा मोटरसाईकलमा साढे २ देखी ३ घण्टाको यात्रापछि पुग्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार