काडमाण्डौ, ०७ फाल्गुन ।
ईन्द्रदह एकिकृत पर्यटन विकास समितिले यही फागुन ९ गते तेस्रो ईन्द्रदह पर्यटन उत्सव एवम् काजी कालु पाण्डेको पूर्ण कदको शालिक अनावरण कार्यक्रम आयोजना गर्ने भएको छ ।
समितिले मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे उक्त उत्सवबारे जानकारी गराएको हो । समितिका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनाराणय शाहका सेनापति काजी कालु पाँडेको पूर्णकदको शालिक अनावरणका साथै तेस्रो ईन्द्रदह पर्यटन उत्सवको फागुन ९ गते अपरान्ह १२ बजे उद्धघाट्न गर्ने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै चन्द्रागिरी नगरपालिका वडा नं १ का वडाअध्यक्ष राजेन्द्र केसीले पहिले अर्ध कदको शालिकको रहेको स्थानमा प्रधानमन्त्रीकै आग्रहमा पूर्ण कदको शालीक अनावरण गर्न लागिएको जानकारी दिनुभयो ।

ईन्द्रदह पर्यटन विकासको सम्भावना बोकेको स्थान भएको बताउँदै उहाले अहिले धेरैनै सम्भावना बोकेको दहचोकबारे धार्मिक तथा ऐतिहाँसिक स्थलको रुपमा विकास गर्नुपर्ने आवश्यकत्ता औंल्याउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रचार–प्रसार उपसमितिका संयोजक अवन्ती सिग्देलले ईन्द्रदह काठमाडौँबाट नजिकै रहेरपनि ओझेल परेको गुनासो गर्नुभयो । त्यस्तै कार्यक्रममा बोल्दै ईन्द्रदह एकिकृत पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापाले पनि उक्त स्थान धार्मिक तथा ऐतिहाँसिक स्थलको रुपमा रहेको स्थललाई महत्व बाकेको धारणा राख्नुभयो ।
पर्यटन विकासकै लागि उक्त स्थानमा ‘भ्यु–टावर’ को निर्माणको योजना पनि रहेको आयोजकले जनाएको छ । त्यस्तै समितिले आगामी ५ वर्षभित्र ईन्द्रदहमा आन्तरिक तथा बाह्य गरि ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।



