काठमाण्डौ, ०१ फाल्गुन ।
सरकारले जनतालाई सेयर लगानीको अवसर दिएर जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।
नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी हुने गरी जनताको जलविद्युत आयोजना कार्यक्रम सञ्चालन हुने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दे नेपालको पानी जनताको लगानी, हरेक नेपाली बिधुतको शेयरधनी नाराका साथ भोली प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत आयोजना कार्यक्रमको घोषणा गर्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बर्षमान पुनले ३ करोड जनतालाई नै जलविद्युतमा लगानीको अवसर दिएर मुलुकको आर्थिक समृद्धि गर्ने योजना अघि सारेको बताउनुभयो । नेपालको पानी जनताको लगानीमा, हरेक नेपाली विद्युतको सेयर धनी कार्यक्रम अभियानको रुपमा जनताको सेयर लगानी हुने उहाले बताउनुभयो ।
सरकारले जनतको सेयर लगानीबाट ७२५ मेगावाटको अपर अरुण, ४०० मेगावाटको अरुण–, ४०० मेगावाटको तल्लो अरुण, ५०० मेगावाटको किमाथाङ्का अरुण, ४८ मेगावाटको भेरी बबई डाईभर्सन, ५०० मेगावाटको फुकोट कर्णाली र १०१ मेगावाटको तामाकोशी–५ आयोजनामा जनताको सेयर लगानी हुने भएको छ । मन्त्री पुनले राम्रो प्रतिफल दिने आयोजनामा मात्रै जनतालाई सेयर तयारी भएको बताउनुभयो ।
फरक प्रसंगमा भारत भ्रमण सकि बुधबारमात्र स्वदेश फर्केका उर्जामन्त्री पुनले भारतको राजधानी नयाँ दिल्लीमा जारी अन्तराष्ट्रिय दिगो विकास शिखर सम्मेलनलाई सम्बोधन गरेको र ऊर्जाको उपलब्धता, नाफा र प्रतिस्पर्धाका लागि क्षेत्रीय तथा उपक्षेत्रीय तहबाट संयुक्त पहल गरिनुपर्ने धारणा राखेको बताउनुभयो ।
भ्रमणका क्रममा भारतका बिभिनन अधिकारीसंग छलफल भएको उहाले जानकारी दिनुभयो ।




