पोखरा, २८ माघ ।
कैलाश विकास बैंक लिमिटेड बगर शाखा, सामुदायिक सेवा केन्द्र बगर र सामुदायिक प्रहरी बगरले सयुक्त रुपमा आफ्नो सामाजिक उत्तरादायित्व अन्तर्गत पोखरा महानगरपालिका वडा नं १ बगरमा रहेका विभिन्न आमा समुहका सदस्य तथा स्थानिय बसिन्दालाई एक दिने वित्तीय साक्षरता तथा क्षमता अभिवृद्घि प्रशिक्षण प्रदान गरेका छन् ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपि ओम बहादुर रानाले अपराधिक क्रियाकलाप बढ्नुमा र्आिर्थक कारण मुख्य रहेको बताउदै वित्तिय साक्षरता प्रदान गर्ने यस्ता कार्यक्रमले ति आपराधिक गतिविधिमा कमी ल्याउने विश्वास व्यतm गर्नुभयो ।
कार्यक्रममा बोल्दै कैलाश विकास बैंक न्युरोड शाखाका शाखा प्रवन्धक बुद्धिराज बरालले आफ्नो सामाजिक उत्तरादायित्व अन्तर्गत बैंकले समय–समयमा यस प्रकारका कार्यक्रमहरु आयोजना गर्ने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार हाल सम्म बैंकले ८८ वटा शाखा तथा ३२ वटा एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको र निकट भविष्यमा थप शाखामार्फत सेवा बिस्तार गर्दै जाने छ ।


कार्यक्रममा सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष मनपति भण्डारी, पुर्व अध्यक्षद्वय जीवन अधिकारी र पुरुषोत्तम श्रेष्ठ, बगर प्रहरी प्रमुख प्रहरी निरीक्षक दीपक थापा, बैंकका विपी चोक शाखाका शाखा प्रवन्धक वालकृष्ण वन लगायतले बोल्नु भएको थियो । पैसालाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताएका उनिहरुले यसलाई दैनिक उपभोग्य सामाग्री किनमेलमा मात्रै सीमित गर्न नहुने उल्लेख गरे ।


कार्यक्रममा १ सय भन्दा बढीको सहभागीता रहेको थियो । कार्यक्रममा कैलाश विकास बैंकका सहायक प्रवन्धक अम्बिका शर्माले सहजीकरण गर्नुभएको थियो भने सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष मनपती भण्डारीले अध्यक्षता गर्नुभएको थियो । कैलाश विकास बैंक लि. बगर शाखाका शाखा प्रवन्धक सन्तोष कुमार रानाभाटले कार्यक्रम संचालन गर्नुभएको थियो ।


पौष मसान्तसम्म बैंकको चुक्ता पूँजी २ अर्ब ५२ करोड, निक्षेप २६ अर्ब ७२ करोड तथा ऋण लगानी २३ अर्ब ५४ करोड रहेको छ भने बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आस्वा, डिम्याट, सन्ध्याकानिल सेवा, ३६५ दिने सेवा लगायतका अत्यधुनिक बैंकिङ सेवाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार