काठमाण्डौ, २४ माघ ।
नेपालको बीमा बजारको कान्छो जिबन बीमा कम्पनीको रुपमा संचालनको तयारीमा रहेको महालक्ष्मी लाइफ इन्स्योरेन्स आउदो माघ २७ गतेबाट सञ्चालनमा आउने भएको छ ।
कम्पनीले गत माघ १ गते बीमा समिति बाट सञ्चालन स्वीकृति पाएको थियो, महालक्ष्मी लाइफ इन्स्योरेन्स संचालनको स्वीकृति संगै नेपालमा जिबन बीमा कम्पनीहरुको संख्या १९ पुगको छ । कम्पनीले बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे आक्रामक बजार रणनीति सहित बीमा बजारमा उपस्थिति जनाउने तयारी भैरहेको जनाएको छ । कम्पनीको सञ्चालक समितिमा मनोरञ्जनरमण शर्मा, उमेशलाल श्रेष्ठ, सुरेश सापकोटा र मोहनराज जोशी छन् । पत्रकार सम्मेलनमा कम्पनीका कार्यकारी अधिकृत रमेश कुमार भट्टराइले कम्पनीले चालु आर्थिक वर्षको अन्तिम सम्म २५ ओटा शाखा कार्यालय स्थापना गर्ने लक्ष्य लिएको बताउनुभयो ।


कम्पनीको जारी पूँजी २ अर्ब रुपैयाँ छ । यसमा १ अर्ब ४० करोड रुपैयाँ संस्थापक शेयरधनीहरुले जम्मा गरिसकेका छन् । दुई आर्थिक बर्ष पुरा गरेपछि कम्पनीले ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार