तनहुँ : कुटपिटमा संलग्न तिन जना पक्राउ
मिति २०७५।१०।२२ गते तनहुँको घिरिङ गाँउपालिका-३ डाँडाथोकमा बिहेको भोजमा भिमाद र घिरिङका युवाहरु बिच झगडा हुँदा चार जना घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाएको थियो । सोही घटनामा संलग्न तिन जनालाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा घिरिङ गाँउपालिका-३ बस्ने वर्ष-१७ को सुजन आले, वर्ष-१९ को मनोज राना र वर्ष-२८ को सन्त बहादुर थापा रहेका छन् । निजहरु उपर थप अनुसन्धान भइरहेको छ ।

नवलपरासी : नदिले बगाएको मानिसको उद्दार
मिति २०७५/१०/२३ गते तनहुँको देवघाट स्थित नारायणी नदीमा नुहाउने क्रममा झापा जिल्ला घर भई हाल शुक्लगण्डकी नगरपालिका-५ बस्ने वर्ष ५० कि शोभा मातालाई नारायणी नदीले बगाई ल्याएको भन्ने खबर प्रात्त हुनासाथ तत्काल प्रहरी टोलि खटीई नवलपरासीको गैडाकोट-२ बोटे टोल स्थित नारायणी नदीबाट उद्दार गरी उपचारको लागि भरतपुर पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।
बागलुङ : सवारी दुर्घटना दुई जना घाइते
मिति २०७५।१०।२३ गते बडिगाड गाँउपालिका-७ सिमलचौर स्थित मध्य पहाडी लोकमार्गमा खाराबाट बुर्तिबाङतर्फ आउँदै गरेको बा २० च २४२५ नम्बरको ट्याक्सि अचानक ब्रेक फेल हुन गई सडकको कुना साईडमा पल्टिन जाँदा उक्त ट्याक्सिमा सवार चालक सहित ४ जना मध्ये २ जना घाइते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केनद्र बुर्तिबाङ पठाइएको छ । उक्त स्थानमा प्ररही टोलि खटिई थप अनुसन्धान भइरहेको छ ।



