पोखरा, २२ माघ ।
पोखरामा जारी मनकामना केबलकार पोखरा कपको तेस्रो क्वाटरफाईनल खेलमा नेपाल पुलिस क्लवबिरुद्ध जापानको रिस्सो युनिभर्सिटी खेल्ने भएको छ ।
यसअघि हिजो भएको खेलमा पहुना टोली क्यामरुनको डफिन्स टिम फेमेलीले त्रिभूवन आर्मी क्लवलाइृ ४–१ को गोल अन्तरले पराजित गर्दै अघिल्लो चरण प्रवेश गरेको छ ।


लिगको चौथो स्थानमा रहेको आर्मीले अग्ला कदका खेलाडीहरु सामु दबाबमा खेल्नु पर्यो । मदन मेमोरियल ईटहरी गोल्डकपको उपाधि जितेको त्रि–भूवन आर्मी क्लवले क्यामरुनी टोलीसँग पराजित हुदा क्यामरुनी टिमले सेमीफाइनमा यात्रा बनाएको छ ।
सोमबारको खेलमा क्यामरुनी टीमका लागि २ गोल गर्ने यानिक ओअना म्यान अफ दी म्याच घोषित भए ।



