पोखरा, २१ माघ ।
आज विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरि मनाईदै छ । दुनियाँमा आज यो दिवस “म हुँ र म गर्न सक्छु” भन्ने मुल नाराका साथ मनाइदै छ ।
समयमा नै पहिचान गर्द सके क्यान्सरको उपचार सम्भव भएकाले यसका सम्बन्धमा जनचेतना बढाउन हरेक वर्षको फेब्रुअरी ४ मा यो दिवस मनाउँदै आइएको छ ।

विश्वमा एक वर्षको अवधिमा १ करोड ८१ लाख मानिस क्यान्सरबाट पिडित हुने गरेको तथ्यांकले देखाएको छ । त्यसमध्ये करिव ९० लाख मानिसको क्यान्सर बाटै ज्यान जाने गरेको छ ।


मानिसहरुमा यसको उपचार महंगो र असम्भव छ भन्ने धारणले गर्दा उपचारमा समस्या हुने गरेको चिकित्सकहरुले बताएका छन् । नेपालमा पछिल्लो ५ वर्षको अवधिमा ४३ हजार क्यान्सरका बिरामीले उपचार गराएको र निको भइ उनीहरु आफ्नो दैनिकीमा फर्किएको पाइएको छ ।
यसैबिच मानिसको खानपान तथा विलासी जिवनशैलीका कारण यसको दर बढिरहेकामा सरोकारवालाहरु चिन्तीत छन् ।



