काठमाण्डौ, २१ माघ ।

एकदिवसीय र ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ ।
युएईको दुबईबाट सोमबार अपरान्ह स्वदेश फर्किएको नेपाली टोलीलाई रातो कार्पेटसहित भव्य स्वागत गरिएको थियो । नेपाली टोलीको स्वागतका लागी राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना , खेलकुदमन्त्री जगत बिश्वकर्मा लगाएत बिमानस्थल पुग्नुभएको थियो । त्यस्तै राखेपका सदस्य सचिव केशवकुमार विष्ट लगायत खेलकुद पदाधिकारीसँगै सयौंको संख्यामा खेलप्रेमिहरु विमानस्थल पुगेका थिए । त्यस्तै बिमानस्थलमा नै प्रत्येक खेलाडीहरुलाई जनही १०–१० हजार रुपैया प्रदान गरिएको थियो । बिमानस्थलमा समर्थकहरुले क्रिकेट टोलीको स्वागतमा नेपालको झण्डा बोक्दै ’नेपाल नेपाल’ भन्दै नारावाजी गरेका थिए । नेपाल आएलगतै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली टीमको मेहनतका कारण नै सिरिज जित्न सफल भएको बताउनुभयो ।


युएई भ्रमणको क्रममा नेपालले तीन खेलको एकदिवसीय तथा ३ खेलकै ट्वेन्टी–ट्वेन्टी श्रृंखला खेलेको थियो । दुबै श्रृंखलाको पहिलो खेल हारेपछि लगातार दुई खेल जित्दै नेपालले २–१ ले श्रृंखला आफ्नो पक्षमा पारेको हो । एकदिवसीय क्रिकेटतर्फ नेपालको यो दोस्रो श्रृंखला थियो भने ट्वेन्टी ट्वेन्टीतर्फ तेस्रो श्रृंखला थियो । नेपालले आईसीसीको कुनै पनि ढाँचाको क्रिकेट श्रृंखला जितको यो पहिलो अवसर हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार