चिकित्सा शिक्षामा सुधारसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तत्काल एमबीबीएस पढाइ सुरु हुनु पर्ने माग राख्दै आएका डा.गोविन्द केसीले बिहीबारदेखि सुरु गर्ने भनेको सत्याग्रह स्थगित गरेका छन् ।![]()
फाइल तस्बिर

पछिल्लो समयमा जुम्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको र जुम्लाका स्थानीयले सत्याग्रह केही समय रोकिदिन गरेको आग्रहअनुसार अनशनलाई केही समय स्थगित गरेको डा.गोविन्द केसीले बताए ।
डा. केसीले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रा तर्फबाट हामीले सुरु गरेको सुधार अभियान पनि जारी छ । पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका कार्यक्रमहरु सुरु गर्नुपर्नेलगायतका मागहरु राखेर हामीले आजदेखि सत्याग्रहको घोषणा गरेका थियौं । सरकारले मागहरु पूरा नगरेको खण्डमा कुनै पनि बेला पुन: सत्याग्रह सुुरु गर्ने पनि डा. केसीले बताएका छन् ।



