विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण ८ लाख ५० हजार बढि मानिसहरुको ज्यान गएको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण ८ लाख ५० हजार ५४४ जनाको मृत्यु भएको हो ।
२ करोड ५३ लाख ८३ हजार बढि मानिसहरु भने यस भाइरसबाट संक्रमित भएका छन् । हालसम्म १ करोड ७७ लाख ४ हजार मानिसहरु संक्रमणमुक्त भएका छन् भने, ६८ लाख २७ हजार बढिको उपचार भैरहेको छ ।
उनिहरु मध्ये ६१ हजार १ सय बढिको अवस्था गम्भिर रहेको छ । ६७ लाख ६६ हजार बढिको अवस्था भने सामान्य रहेको वल्डो मिटरले जनाएको छ ।
हालसम्म सवैभन्दा धेरै अमेरीका, ब्राजिल र भारत यस भाइरसबाट प्रभावित भएका छन् । चिनको वुहानबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका २१५ देशमा फैलिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार