लमजुङका ८ जना प्रहरी सहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो पटक क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा लमजुङको बेसिशहर नगरपालिकामा कार्यरत ८ जना प्रहरीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैबिच पोखराको मणिपाल अस्पतालमा कार्यरत एक जना चिकित्सकमा पनि कोरोना संक्रमण भएको छ । उनि २६ वर्षका पुरुष रहेका छन् ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ हजार ६५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार