कोरोना भाइरस ९कोभिड १९० रोकथाम तथा नियन्त्रणको लागि लगाइएको लकडाउन तथा निषेधाज्ञा लामो समयसम्म कायम रहे राष्ट्रिय अर्थतन्त्रमा गम्भिर असर पर्ने भन्दै पोखरा चेम्बर अफ कमर्स कास्कीले निषेधाज्ञाको अवधीलाई थप नगर्न ध्यानाकर्षण गराएको छ ।
निषेधाज्ञा लामो समयसम्म कायम रहेको खण्डमा सानो आकारको अर्थतन्त्र भएको मुलुकले धान्न नसक्ने दावी गर्देै चेम्बरले स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवधीलाई अब थप नगर्न ध्यानाकर्षण गराएको हो । पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारी बिच पनि नेपाल सरकारले लागु गरेको स्वास्थ्य तथा सुरक्षा मापदण्ड एवं सावधानीलाई पालना गर्दै उत्पादन, व्यापार व्यवसायलाई नियमित गर्न सकिने बताए ।
अध्यक्ष सुनारले निषेधाज्ञाको विकल्पमा कोरोना रोकथामका अन्य सुरक्षा सावधानी अपनाई लकडाउनको स्वरुप परिर्वतन गर्दै विश्वका अन्य मूलुकले अपनाएका विधीलाई अपनाई आर्थिक गतिविधीलाई नियमित गरी निजी क्षेत्रलाई चलायमान बनाउन आग्रह गरे ।

सबै उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय र विकास निर्माणका काम रोकिदा राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर परेको दावी गर्दै अध्यक्ष सुनारले लकडाउन र निषेधाज्ञाको स्वरुप परिवर्तन गरी विस्तारै जन जिवनलाई सामान्य बनाउन आग्रह गरेका छन् ।
चेम्बरले सरुवा तथा संक्रामक रोगको बढी जोखिम भएको स्थानहरुको पहिचान गरी निषेधाज्ञालाई कढाई गर्दै कम जोखिम भएको स्थानहरुमा उत्पादन, व्यापार र व्यवसायलाई नियमित गर्न माग गरेको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले त्यसको रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय कास्कीले सुरुमा भदौ २ देखी १२ गतेसम्मका लागि लगातार निषेधाज्ञा जारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार