गण्डकी प्रदेशका तिन जिल्ला कोरोना मुक्त भएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मनाङ, मुस्ताङ र म्याग्दी जिल्ला कोरोना मुक्त भएका हुन् ।
ति जिल्लाका कोरोना संक्रमितहरुको निको भएर घर फर्किए पछि हाललाई कोरोना मुक्त भएका निर्देशनालयले जनाएको छ । यसअघि मनाङ र मुस्ताङमा १–१ र म्याग्दीमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैबिच म्याग्दीमा नमुना सर्वेक्षण विधि अवलम्वन गरी सुरक्षाकर्मी, कर्मचारी, बैंकका कर्मचारी, तरकारी पसलमा काम गर्ने, खाद्यान्न पसल, हजाम, व्युटिपार्लर, वर्कसपमा काम गर्ने मिस्त्री, होटल तथा रेष्टुरेन्ट संचालक, सरसफाई कर्मचारी, निजि तथा सरकारी चालकहरू, संचारकर्मी समेत गरी ्१०३ जना र क्वारेन्टायनमा रहेका ३ जना गरी जम्मा १०६ वटा पिसिआर नमुना संकलन गरि परिक्षणको लागी पोखरा ल्याईएको छ ।
र, आईसोलेसनमा बसेका सबै ब्यक्तिहरुको कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएकोले म्याग्दी जिल्ला कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय, म्याग्दीका प्रमुख एक नारायण लम्सालले जानकारी दिए ।




