सत्तारुढ दल नेपाल कम्युनिस्ट (पार्टी) नेकपाको विवादको समाधान केन्द्रीय समितिबाट खोज्नुपर्ने भन्दै १५२ नेताले हस्ताक्षरसहितको माग गरेपनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाउन सम्भव नभएको बताएका छन् । ओलीको यस्तो घोषणासँगै बैठकको माग गर्ने नेकपाका नेताहरु आक्रोशित बनेका छन् । नेताहरुले ओलीको उक्त अभिव्यक्तिले पार्टी निर्माण नभई विघटनतर्फ लगेको पनि बताएका छन् ।




