गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ३५ पुगेको छ । जसमा १ हजार ३ सय ५१ पुरुष र १८४ जना महिला रहेका स्वास्थ्य निर्देशनालय गण्डकीले बताएको छ ।
http://googlepokhara-com.stackstaging.com/who-5/
हालसम्म १ हजार ३ सय ४८ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ । १८३ जना सक्रिय संक्रमितहरुको विभिन्न जिल्ला स्थित आईसोलेसनहरुमा उपचार भैरहेको छ ।
१ हजार १६ जना अहिले पनि क्वारेन्टिनमा रहेका छन् भने निको हुने दर ८७.८१ प्रतिशत रहेको छ । सोमबार प्रदेशका दुईवटा प्रयोगशलामा २२५ वटा नमुना परिक्षण गरिएकोमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

http://googlepokhara-com.stackstaging.com/covid-death-58/



