गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४० पुगेको छ । संक्रमित मध्ये ७० जना निर्को भएर घर फकिएका छन् । हालसम्म आईसोलेसनमा ४ सय ६९ जनाको उपचार भैरहेको छ । गण्डकी प्रदेशका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मात्रै हेलु स्थित कालिका सामुदायीक अस्पतालका १४ जना निको भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका प्रमुख डा.विनोदविन्दु शर्माका अनुसार कास्कीका १७, बाग्लुङका ११७ जना, नवलपुरका १४० जना, स्याङजाका ९८ जना, गोर्खाका ४० जना, पर्वतका ४५, तनहुँका ७२ जना, म्याग्दीका ८ जना, लमजुङ, मनाङ र मुस्ताङ्का १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा आज मात्रै २० जना कोरोना संक्रमितहरु थपिएका हुन् ।
https://www.facebook.com/hdgandaki/videos/581696835867926

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार