जेनजी आन्दोलनका बलमा पदच्युत भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुर्नस्थापनाको पक्षमा एमाले डृढतापुर्वक उभिने बताएका छन् । भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
वर्तमान सरकार नै असंवैधानिक रहेको बताएका अध्यक्ष ओलीले संसद विघटन आफुहरुलाई मान्य नहुने बताए । “नेकपा एमाले असंवैधानिक रुपमा विघटन गरिएको संसदको पुर्नस्थापनाको पक्षमा डृढतापुर्वक उभिन्छ” अध्यक्ष ओलीले भने । उनले यो सरकारले राजाको पालामा जसरी चुनाव गराउन खोजेको उनले आरोप पनि लगाए ।
