नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक एवं संरक्षक रेशम चौधरीले नयाँ पार्टी घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका उनले नयाँ पार्टीका रुपमा नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका हुन् ।
टीकापुर घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षण भएर नाउपा खोलेका थिए । पछिल्लो समय विभिन्न राजनीतिक मुद्दाहरुमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग उनको विवाद बढिरहेको थियो ।

आफैंले स्थापना गरेको पार्टीमा अटाउन नसकेपछि पार्टी छोडेको उनले बताएका छन् । यसअधि चौधरी र सिके राउत नेतृत्वको जनमत पार्टी बिच एकताको घोषणा सभा चलिरहेका बेला चौधरी माथी धरपकड भएपछि पार्टी एकता रोकिएको थियो ।



