नेपालमा आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको हो । जेनजी पुस्ताको आन्दोलनको बलमा पद्च्युत भएका केपी ओली र संसदमा प्रतिनिधित्व गर्ने दलहरुको नालायकीपनका कारण संकटपूर्ण अवस्थामा पुगेको देशलाई नयाँ निर्वाचन मार्फत निकास दिने गरी कार्कीको नेतृत्वका नागरिक सरकार गठन भएको छ । हाललाई सवै मन्त्रालय आफैले राखेकी कार्कीले केही दिनमा नै मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेकी छिन् ।

नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार