पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा ३३८ महिला र ६४१ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । उनीहरुमध्ये ३०० जनाको मृृत्यु भएको छ भने ३० हजार ६७७ जना कोरोना मुक्त भएका छन् ।




