पोखरा महानगरपालिका वडा नं.२ मा जमिन भासिएको छ । आईतबार रातिको पानिका कारण जमिन भासिएको स्थानीयले बताएका छन् ।
वरिपरी नालीको मर्मत कार्य भईरहदा नालीबाट पानी नगई बाहिरी भागबाट पानी बग्दा जमिन भासिएको हो । भासिएको ठाउँमा केही पक्की घरमा असर परेको छ । भासिएको ठाँउमा करिब ४÷५ मीटर गहिरो भ्वान परेको छ ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पनि सो स्थानको स्थलगत निरिक्षण गरेका छन् । उनले स्थानीयहरुलाई नआत्तिन र यस प्रकारको विपत्ती प्रति महानगरपालिको ध्यानाकर्षण भएको बताए ।
साथै उनले महानगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले यो पोखरा महानगरको साझा समस्या भएको बताए । पोखराको भुगोल कमजोर भएका कारण पटक पटक यस्ता प्रकारका समस्याहरु दोहोरिने गरेको जानकारवालाहरु बताउछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार