१४ वर्षदेखी निरन्तर आन्दोलनमा रहेका पोखराको पृथ्वी नारायण क्याम्पसमा अध्यापनरत आशिंक प्रध्यापकहरुले क्याम्पसको मुख्य प्रशासनिक भवनमा अनिश्चीतकालिन तालाबन्दी गरेका छन् ।
निरन्तर आन्दोलनमा रहेका उनिहरुले समान कामको समान ज्याला माग गर्दै आएका छन् । आफुहरुको यस माग प्रति क्याम्पस प्रशासन तथा सिंगो त्रिभुवन विश्वविद्यालय उदासिन देखिएको भन्दै तालाबन्दि सम्मको हदमा पुग्नु परेको उनिहरुले स्पष्ट पारे ।
यसअघि विभिन्न चरणमा आफ्ना मागहरु प्रति ध्यानाकर्षण गराउदा त्रिभुवन विश्वविद्यालय र क्याम्पस प्रशासन गैह्र जिम्मेवार बनेको भन्दै आन्दोलन अनिश्चितकालिन ताला बन्दिसम्म पुगेको उनिहरुले बताएका छन् ।
क्याम्पस प्रशासनले आफुहरु माथी श्रमशोषण गरेको उनिहरुको आरोप छ । दैनिक दुई सय भन्दा कम शुल्कमा नियमित पठनपाठन गराई आशिंक प्रध्यापकहरु माथी प्रशासनले शोषण गरेको उनिहरुले आरोप लगाए ।
क्याम्पमा नयाँ क्याम्पस प्रमुखका रुपमा प्राध्यापक डाक्टर सरोज कोईराला आएपछि आशिंकका मागलाई यहि श्रावण महिना भित्र सम्बोधन गर्ने भनि २ वुदे लिखित प्रतिबद्धता जनाइएको थियो । क्याम्पस प्रमुख प्रा.डा कोईराला लगायतको रोहवरमा गरिएको उक्त सम्झौतामा वार्ता समितिका तर्फबाट संयोजक प्रा.डा ओम प्रसाद बराल र सदस्यद्धय प्रा.कृष्ण प्रसाद आचार्य र उप प्रा.बाबुराम दाहाल तथा आंशिक प्रध्यापकहरुको तर्फबाट अध्यक्ष सुनिल गौतम लागयतले हस्ताक्षर गरेका छन् ।
प्रतिबद्धता अनुसार क्याम्पसको रिक्त दरबन्दी तत्काल ल्याउने र आशिंक शिक्षकलाई नियमित गर्ने जनाईएको थियो ।तर, कुनै पनि माग पुरा नभएपछि पुन आन्दोलनमा उत्रिएको आशिंक प्राध्यापक संघ पृथ्वी नारायण क्याम्पस पोखराका अध्यक्ष सुनिल गौतमले बताए ।
यता क्याम्पस प्रमुख प्रा.डा.सरोज कोईरालाले भने आंशिक प्रध्यापकहरुको माग जायज नै भएको टिप्पणी गरेका छन् । तर, समस्याको समाधान क्याम्पस एक्लैले भन्दा पनि त्रिभुवन विश्वविद्यालयले गर्नु पर्ने भएकाले आफुले त्यसका लागि आवाश्यक पहल गरिरहेको उनले बताए ।
क्याम्पसमा देखिएको समस्या समाधान लागि केन्द्रमा कुरा भैरहरेको उनले जनाए । आशिंक विना क्याम्पस चलाउन नसकिने बताउदै उनले अधिकतम कक्षा भार आशिंकले नै लिएको बताएका छन् ।
संघका अनुसार क्याम्पसको ७० प्रतिशत कक्षाभार आंशिक शिक्षकहरुले बहन गरेका छन् । क्याम्पसमा हाल २ सय भन्दा बढि आंशिक प्रध्यापकहरु कार्यरत रहेका छन् ।




