कोरोना संक्रमणबाट नेपालमा थप एक युवकको मृत्यु भएको छ ।
सिराहाको गोलबजार नगरपालिका वडा नम्बर १२ निवासी २१ बर्षीय एक युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गयराति मृत्यु भएको हो ।
उनि मिर्गौला रोगी समेत भएकाले डायलासिस सेवा लिन धरान पुगेका थिए ।




