गण्डकी प्रदेशका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा कास्कीको पोखरा महानगरपालिकाका ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

http://googlepokhara-com.stackstaging.com/janai-purnima/
यस्तै क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा स्याङ्जाको हरिनासका एक पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या १ हजार ५ सय २९ पुगेको छ । यि मध्ये ४ जनाको मृत्यु भएको छ भने १ हजार ३ सय ३० जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार