पशुपति आर्यघाटमा जलाउन लागिएको शव प्रहरीले बरामद गरेको छ ।
ललितपुर गोदावरीका ५० वर्षका कृष्ण नेपालीको शव महानगरीय प्रहरी परिसर ललितपुरले बरामद गरेर उनका छोरा ३० वर्षका सन्तोष नेपालीलाई पक्राउ समेत गरेको हो ।
हत्याको आशंकामा शव बरामद गरेर अनुसन्धान सुरु गरेको ललितपुरका डीएसपी सन्तोष तामाङले बताए ।
http://googlepokhara-com.stackstaging.com/tanahun-tiger-attact/
प्रहरीका अनुसार गत बिहीबार राति रक्सी खाएका बेला कृष्ण र छोरा सन्तोषबीच झगडा भएको थियो ।
दाह संस्कारका लागि शव आर्यघाट लगिएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । गाउँलेको सूचनाका आधारमा शव बरामद गरेर अनुसन्धान थालेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार