जनकपुरधाम उपमहानगरपालिकामा सोमबार रातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले राति १२ बजेदेखि लागू हुने गरी एक सातासम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

http://googlepokhara-com.stackstaging.com/gandaki-covid-1524/
उनका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका साथै उत्तरमा महेन्द्रनगर नजिकको औरही पुलसम्म निषेधाज्ञा जारी गरिनेछ । निषेधाज्ञाको समयमा अति आवश्यक कामबाहेक सबैलाई घरभित्र बस्न आग्रह गरिएको छ ।
स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ ९३० र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा लगाउने निर्णय गरिएको हो ।
प्रदेश २ को बीरगंज, राजविराज र जलेश्वरमा यसअघि नै निषेधाज्ञा जारी गरिसकिएको छ ।

http://googlepokhara-com.stackstaging.com/covid-nepal-5/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार