पोखराको महेन्द्रपुल स्थित अन्नपूर्ण सिटी क्लिनिकले आफ्नो सेवा औपचारिक रुपमा शुभारम्भ गरेको छ ।
अत्याधुनिक सुविधा सम्पन्न वेलनेस क्लिनिकका रुपमा सेवा शुभारम्भ गरिएको क्लिनिकमा सबै प्रकारका रोगको विशेषज्ञ डाक्टरबाट सेवा प्रदान गरिने अध्यक्ष गीता कार्कीले बताईन् ।

क्लिनिकमा गण्डकी प्रदेश कै पहिलो र एक मात्र वाथरोग विशेषज्ञ डा.रामकृष्ण गिरीले दैनिक बिहानदेखि बेलुकासम्म सेवा दिईरहेका छन् । उनिसंगै वरिष्ठ फिजिसियन डा.मानबहादुर गुरुङले पनि बिहानदेखि बेलुकासम्म क्लिनिक मै रही सेवा प्रदान गर्ने कार्कीले बताईन् ।

क्लिनिकमा वरिष्ठ न्युरो सर्जन डा.सुरेश सापकोटा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.जुनू श्रेष्ठ, वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डा.सौजन सुवेदी, वरिष्ठ नाक, काँन तथा घाँटी रोग विशेषज्ञ डा.आकाशमणि भण्डारी, वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.झपिन्द्र पोखरेल, वरिष्ठ मानसिक रोग विशेषज्ञ डा.विशालमणि पौडेलले सेवा प्रदान गर्नेछन् । यस्तै फिजियोथेरापिस्ट डा.अजित पाण्डे, रेडियोलोजिस्ट डा.सान्त्वना पराजुली, डाइटिसियन विद्या शर्माले पनि सेवा दिने छन् ।


अध्यक्ष कार्कीका अनुसार पर्याप्त पार्किङ र लिफ्टको सुविधा भएको भवनमा अत्याधुनिक स्वचालित मेसिनबाट सञ्चालित ल्याब, डिजिटल एक्सरे, इको, अल्ट्रासाउन्ड, इसिजी, फिजियोथेरापी, फार्मेसी जस्ता सेवा समेत उपलब्ध छन् ।
क्लिनिकमा बिहान ७ देखि बेलुकी ७ बजेसम्म विशेषज्ञ सुविधा उपलब्ध छ । क्लिनिकलाई बिरामी भइसकेपछि भन्दापनि बिरामी हुनुभन्दा पहिले नै स्वास्थ्य परीक्षण गर्ने क्लिनिकका रुपमा विकास गरिने सञ्चालक ठाकुरप्रसाद पन्तले बताए ।


उनले यसलाई गण्डकी प्रदेशकै पहिलो वेलनेस क्लिनिकका रुपमा दावी गरेका छन् । क्लिनिकमा आवश्यक सबै खालका पूर्वाधार छन् । तर पनि अन्य क्लिनिक भन्दा महङ्गो नभएको उनको भनाई छ ।
लामो समय ल्याब सम्बन्धी कार्य गरेका पन्तसँग यसअघि युआरएल लगायतका ल्याबहरु कुशलता पुर्वक सञ्चालन गरेको अनुभव छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार