पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर भित्र निर्माण भएका सबै संरचना हटाउन सूचना जारी गरेको छ । पोखरा महानगरपालिका वडा नं १८ को अँधेरीकुनादेखि वडा नं २, ४, ५, ७, ८, १७ हुँदै वडा नं ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघर भित्र पर्ने स्थायी तथा अस्थायी संरचनाहरू हटाउन महानगरपालिकाले ३ दिनको समय दिएको छ ।


यसअघि मिति २०८०।०७।१० मा ३५ दिने सूचना प्रकाशित भएकोमा सो सूचना उपर सम्मानित उच्च अदालत पोखरामा दायर भएको मुद्दामा सम्मानित अदालतबाट उत्प्रेषण र परमादेशको आदेश जारी गर्न नपर्ने भनी भएको आदेश र महानगरबाट मिति २०८३।०१।०४ मा जारी भएको सूचना समेतका आधारमा फिर्केखोलाको खोलाघर भित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचनाहरू जेठ ९ गते भित्र व्यक्ति/संस्था स्वयंले हटाउन महानगरले सार्वजनिक सूचना जारी गरेको हो ।

तोकिएको समयसिमा भित्र संरचनाहरू नहटाए महानगरपालिका आफैँले हटाउने र सो वापत लाग्ने लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल उपर गर्ने महानगरपालिकाले जनाएको छ ।




