गण्डकी प्रदेशका सभामुख कृ्ष्ण प्रसाद धितालले समाजवादी चेतनाको अभावका कारण समाज रूपान्तरणामा समस्या भएको बताउनुभएको छ । श्री जनमखी उपभोक्ता सहकारी संस्था लिमिटेडको १० औँ बार्षिक साधारणसभामा बोल्दै सभामुख धितालले गतिशिल समाजलाई समयानुकुल परिवर्तन गर्नका लागि समाजवादी चेतनाको अभाव भएको बताउनुभयो ।

“सहकारीहरू बचत संकलन गर्ने मात्र नभई यो विकासको मोडल हो, विकासका हरेक कार्यमा सहकारीलाई जोड्नु पर्दछ, उहाँले भन्नुभयो, समाज विकासका लागि समाजवादी चेतनाको आवश्यकता छ ।” सहकारीको माध्यमबाट प्रबिधीको प्रयोग मार्फत अर्थोपार्जनका गतविघिहरु सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सहकारीको आर्थिक अनियमितता बन्द गर्न सरकारले बिशेष पहल गर्नु पर्ने उहाँले बताउनुभयो । गोरखाको विकासमा आफु निरन्तर लागिरहेको बताउँदै उहाँले विकास आवश्यकता र प्राथामिकताको आधारमा हुनु पर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार