कृष्ण प्रसाद गौतमको शब्द, लय तथा स्वरमा रहेको एकल गीत न्याउली बजारमा आएको छ । तिज नजिकिदै गर्दा पिडा र बेदनाको शब्दले भरिएको गीत आफ्नै केके इन्टरटेन्मेण्टबाट सार्वजनिक गरेका हुन् । दिवस थापा मगरको एरेन्ज रहेको गीतमा संगीता भट्टले अभिनय गरेकी छन् भने उनलाई सरद एलजीले साथ दिएका छन् । पोखराको नमस्ते रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको म्युजिक भिडियो समिर रामदामले बनाएका हुन् । गीतको छायंकन देखी सम्पादनका सबै कामहरु रामदाम आफैले गरेका छन् । तीजको अवसरमा मौलिक एकल गीत बजारमा ल्याउन पाउँदा खुसी लागेको गायक गौतमले बताए । यो तीज गीत होईन तर मानिसको बास्तबिक पीडा गीतले बोकेको छ । यता संगीत एरेन्जर दिवस थापामगरले पनि निकै आशा गरेको र मार्मिक गीत भएकाले दर्शक स्रोताको मन जित्न सफल हुनेमा आशा व्यक्त गरे । गीतमा पहिलो पटक अभिनय गरेकी संगीताले भने गीत हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेकी छन् ।




