गोरखामा बाटोबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार गोरखाको सहिदलखन गाउँपालिका २ का करण कुवंर चौधरीको मनकामना स्थित बाटोबाट २० मिटर तल खस्दा मृत्यु भएको हो ।
नयाँबारी स्थित मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा प्रा.लि.मा काम गर्दै आएका उनी मनकामना तर्फ जादै गर्दा सम्पर्कमा नआएपछि खोजतलास गर्दा बुधबार बिहान साढे ८ बजे बाटोबाट २० मिटर तल शव फेला परेको हो ।
घट्नाको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।




