नेपाली हिन्दु नारीहरुको महान् पर्व तीज नजिकिदै गर्दा तीजका गीतसंगीतहरु पनि बजारमा आउने क्रम जारी छ । कोरोना माहामारीको बिचमा पनि सर्जकहरुले गीत बजारमा ल्याएका छन् । पछिल्लो समय मौलिक गीतहरुको हराउँदै जाँदा तीजका बास्तबिक भाका तथा लयहरु कमै मात्रामा सुनिन्छन् । पोखरामा रहेर संगीतिक क्षेत्रमा योगदान दिदै आएका कलाकारहरुले तीजको मौलिक भाकालाई समेटेर समय सान्दर्भिक गीत ‘पर्यो चोटैचोट’ बजारम ल्याएका छन् । रामजी पौडेल, सजना बाँस्तोला, कुमार गौतम, बलराम अधिकारी र अर्चना चापागाईको स्वरमा रहेको गीतले बजारमा चर्चा बटुल्दै छ । नयन शर्माको लय शब्दको गीतलाई सुनिल परियारले एरेन्ज गरेका हुन् । गणेश सापकोटाको छायंकन र होम गुरुङको निर्देशनमा बनेको गीतलाई फलानो क्रिशयनको स्टुडियोमा सुबास अम्गाईले सम्पादन गरेका थिए । गीतमा भीमा क्षेत्री, मुन्द्रमान श्रेष्ठ, कुमार गौतम, नबिन दाहाल र तिर्सना बुढाथोकीको अभिनय हेर्न सकिन्छ । हेर्नुहोस् मौलिक तीज गीत ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार