अमेरीकाको अनुदान सहयोगमा प्राप्त जोनसन एण्ड जोनसनको खोप ५० देखी ५४ वर्ष उमेर समुहका नागरिकहरुलाई लगाईने सरकारले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यसअघि नै लगाउन सुरु गर्ने भनिएको उक्त खोप प्राविधिक कारणले रोकिएको छ । तर, मन्त्रालयले यसका सम्बन्धमा आवश्यक समन्वय गरिरहेको बताएको छ ।
हाल नेपालमा कोभिसिल्ड र भेरोसेल गरि दुई प्रकारका कोरोना विरुद्धको खोप अभियान जारी छ । मन्त्रालयका अनुसार कोभिसिल्डको पहिलो मात्रा १८ लाख २८ हजार र दोस्रो मात्रा ४ लाख ६० हजार बढिले लगाईसकेका छन् ।
यस्तै चिनबाट ल्याईएको भेरोसेलको पहिलो मात्रा भने ९ लाख ३७ हजार र दोस्रो मात्रा ६ लाख ५९ हजारले लगाईसकेका छन् । खोप सवैभन्दा धेरै बाग्मति प्रदेशका नागरिकहरुले लगाएका छन् भने सवैभन्दा थोरै कर्णाली प्रदेशका नागरिकहरुले लगाएका छन् ।
तर, सरकारले आगामी चैत्र महिना सम्म सवै नागरिकहरुलाई खोप लगाउने बताएको छ । देशभर संचालनमा रहेको खोप अभियान केही स्थानहरुमा भने स्थगित गरिएको छ । आवश्यक खोप केन्द्रहरुको व्यवस्थापन गरि पुनः खोप अभियान संचालन गरिने सरकारले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार