कञ्चनपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल लिङ्गामा बस्दै आएका एक जना बाबा मृत अवस्थामा फेला परेका छन् ।
वेदकोट नगरपालिका-४ मा पर्ने शिव लिङ्गेश्वर धाममा बस्दै आएका ७५ वर्षीय बाबा किसन नाथ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनकाअनुसार अहिले घटनास्थल सिल गरेर अनुसन्धानको काम भइरहेको छ । प्रहरीले नाथको मृत्युको कारणबारे अहिले नै केही भन्न नसकिने जनाएको छ तर स्थानीयले भने उनको हत्या भएको आशंका गरेका छन् ।



