केपी ओली नेतृत्वको कामचलाउ सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा विघटन गर्दै सरकारले यसअघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो ।
हिजो बसेको मन्त्रिपरिषद बैठकले बैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको जनाएको हो । स्रोतका अनुसार वैशाख २७ गते दोस्रो चरणमा कर्णाली, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।
आन्तरिक पार्टी कलहका कारण देखाउदै प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरि ताजा जनादेशका लागि वैशाख १७ र २७ गते निर्वाचन गर्न सिफारिस गरेका थिए । सो सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोहीदिन नै सदर गरिदिएकी थिइन् ।
त्यसविरुद्ध परेका एक दर्जन बढी रिटमाथि सर्वोेच्च अदालतमा बहस जारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार