पोखरा महानगरपालिका वडा नं. २४ कास्कीकोट स्थित ठुलीपोखरीमा एक जनाको शव फेला परेको छ ।
कास्की प्रहरीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार ठुलीपोखरी नै घर भएका स्थानिय कृष्ण प्रसाद उपाध्यायका कान्छा छोरा २८ वर्षीय विश्वरञ्जन तिमिल्सीनाको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको हो ।

बुधबार राति साढे ९ बजेपछि खाएर सुत्न गए भनि निस्किएका उनि बिहान अवेरसम्म नउठेपछि कोठामा नभएको र खोजि गर्ने क्रममा ठुलीपोखरीमा डुवेको अवस्थामा मृत फेला परेको प्रवक्ता हमालले जानकारी दिए ।
हमालका अनुसार शवलाई पोष्मार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) पोखरा पठाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार