विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोनाविरुद्धको खोप पत्ता लाग्नुअघि विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या अनुमान गरिए भन्दा धेरै हुनसक्ने चेतावनी दिएको छ । ब्लयूएचओको आपतकालीन सेवाका प्रमुख डा.माइक रायनका अनुसार यस्तो संख्या आकडाँमा २० लाख भन्दा धेरै हुन सक्ने भएको हो ।
http://googlepokhara-com.stackstaging.com/gandaki-coivd-4/
कोरोना संक्रमणबाट जोगिन एकीकृत र प्रभावकारी कदम चाल्नुपर्नेमा समेत उनले जोड दिए । सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिन सुरु भएको थियो । त्यसयता कोरोना संक्रमणका कारण विश्वभर झण्डै १० लाख मानिसको ज्यान गइसकेको छ । यसैगरी कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या तीन करोड २७ लाखभन्दा धेरै छ ।
http://googlepokhara-com.stackstaging.com/coivd-nepal-1313/
डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा.रायनले कोरोना महामारी रोक्न राम्रो उपचार र प्रभावकारी खोपमात्रै सबथोक नभएको बताए । त्यसका लागि सबै देशका सरकारहरुले कोरोना नियन्त्रणका लागि सम्भव भएसम्मका सबै उपाय कडाइका साथ अपनाउनुपर्नेमा उनले जोड दिए ।




