गण्डकी प्रदेशमा आज ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा थप ४१ जनामा कोरोना भाईरसको संक्रमण फेला परेको हो ।
http://googlepokhara-com.stackstaging.com/karnali-pradesh/
विवरण अनुसार कास्कीमा सवैभन्दा धेरै १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीको पोखरा महानगरपालिकाका १६ र माछापुच्छ्रे गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै गोरखामा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । निर्देशनालयका अनुसार नवलपुरका ९ जना र लमजुङ्का ३ जनामा समेत आज कोरोना संक्रमण देखिएको हो ।
http://googlepokhara-com.stackstaging.com/covid-world-news-4/
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार ६४५ पुगेको छ । यि मध्ये २ हजार ४९८ जना निको भएर घर फर्किएका छन् भने ३३ जनाको मृत्यु भएको छ । हाल १ हजार १ सय १४ जना संक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार