कर्णाली प्रदेशमा आज २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा विरेन्द्रनगर सुर्खेतका अनुसार पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/covid-world-news-4/
प्रदेश अस्पताल पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमुना परिक्षणमा २३ जना, दैलेख अस्पताल दैलेखमा गरिएको परिक्षणमा १ जना र चौरजाहरी नगरपालिका पिसिआर परिक्षण प्रयोगशाला परिक्षणमा ५ जनामा कोरोना पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/covid-news-7/
यससंगै कर्णालीमा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय १६ पुगेको छ । ४२२ जना संक्रिय संक्रमितहरुको उपचार भैरहेको छ । कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।




