चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा गरिएको १०० नमुना परिक्षण मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनको भरतपुर महानगरपालिकाका ३ जना पुरुष र कालिकाका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
http://googlepokhara-com.stackstaging.com/su-side-in-pokhara/
भरतपुर महानगरपालिकाको वडा नं. ९ का २५ वर्षीय एक पुरुष, १० का ४१ वर्षीय एक पुरुष र वडा नं. १५ का ४३ वर्षीय पुरुषमा कोरोना कोरोना पुष्टि भएको हो । यस्तै चितवन कै कालिका नगरपालिकामा वडा नं. २ मा ५३ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनि क्वारेन्टिनमा रहेका थिए ।
http://googlepokhara-com.stackstaging.com/acid-attack-act/
यस्तै नवलपुरको गैडाकोट नगरपालिका वडा नं.१ क ३४ वर्षीय एक पुरुषलाई पनि कोरोना पुष्टि भएको छ । उनि पुरानो मेडिकल कलेज चितवनमा रहेका थिए । उता दाङको राजपुर २ की २६ वर्षीय महिलामा पनि कोरोना देखिएको छ । उनि पनि पुरानो मेडिकल कलेज चितवनमा रहेकी थिईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार