पोखरामा एक जना युवाले देह-त्याग गरेका छन् । उनले पोखरा ९ नयाँबजार स्थित प्रदर्शनी मार्ग नजिकैको रुखमा झुण्डिएर देह-त्याग गरेका हुन् । उनि स्याङ्जा वालिङका २९ वर्षीय किरण भनिने एक युवा रहेका बुझिएको छ । उनलाई प्रर्दशनी केन्द्र जाने नयाँबजार रोडको छेउमा रहेको चौतारोको रुखमा फुटट्रयाक माथी झुण्डिएको अवस्थामा टयाक्सी चालकले देखपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनको श-वको मुचुल्का गरि पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पठाएको छ । घ-ट्नाका बारेमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्, नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० बस्ने २५ वर्षीय हरिषचन्द्र केसीको मृत्यु भएको हो ।
बस भिरबाट खस्दा गम्भीर घाइते भएका केसीको गए राति उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए। बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५ ख ७९४० नं.को बस माथिबाट खसेको पहिरोका कारण सडकबाट करिब ३० फिट तल खसेको थियो । पहिरोका कारण बस खस्दा अन्य छ जना घाइते भएका छन् । घाइते सबैको पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ । बसमा १८ जना सवार थिए ।
यसैबीच दाउन्ने खण्डमा बिहीबार बिहान ७ बजेबाट पहिरो खसी राजमार्ग बन्द भएकामा अझै पूर्णरूपमा सञ्चालन हुनसकेको छैन । गए राति पहिरो पन्छाएर सामान्यरूपमा यातायात सञ्चालन भएकामा पुनः सोही स्थानमा आज बिहान ३ बजेको समयमा पहिरो खसेपछि अहिले राजमार्ग एकतर्फीरूपमा सञ्चालनमा रहेको प्रहरी नायब उपरीक्षक खाँणले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार