नेपालमा आज कोरोना संक्रमणका कारण १७ जनाको मृ-त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण आज मात्रै १७ जनाको मृ-त्यु भएको हो ।
उनका अनुसार प्रदेश नं. १ को मोरङकी ५५ वर्षीय महिला, झापाका ७८ वर्षीय पुरुष र सुनसरीकी ८१ वर्षीय महिलाको मृ-त्यु भएको छ । यस्तै प्रदेश नं.२ मा धनुषाका ६८ र ७० वर्षीय २ जना पुरुष र रौतहटका ६५ वर्षीय पुरुषको मृ-त्यु भएको हो ।
http://googlepokhara-com.stackstaging.com/wrh-operation/
वाग्मति प्रदेशमा भक्तपुरका ८४ वर्षीय पुरुष, काठमाण्डौका ७५, ७९ र ८० वर्षीय ३ पुरुष र धादिङकी ३२ वर्षीय महिलाको मृ-त्यु भएको हो । गण्डकी प्रदेशमा तनहुँका ३९ वर्षीय एक पुरुषको मृ-त्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रदेश नं. ५ को दाङ्मा ३९ वर्षीय पुरुष, कपिलवस्तुका ५० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृ-त्यु भएको हो । आज ५ महिला र १२ जना पुरुषको मृ-त्यु भएको हो । यससंगै नेपालमा कोरोना संक्रमणका कारण म-त्यु हुनेको संख्या ४५३ पुगेको छ ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-32/




