गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा, चितवन मेडिकल कलेज चितवन, विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, नेश्नल प्याथ ल्याव रुपन्देही, बाहिरी प्रदेशबाट ढिला विवरण प्राप्त भएको समेत गरि थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

http://googlepokhara-com.stackstaging.com/waling-pahiro/
विवरण अनुसार नवलपुरमा १९ जना, स्याङ्जाको भिरकोटमा १ जना, स्याङ्जाको पुतलीबजार र वालिङ्मा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नवलपुरको कावासोतिमा मात्र ९ जनामा कोरोना देखिएको छ भने गैडाकोटमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

http://googlepokhara-com.stackstaging.com/covid-pokhara/
यसअघि आजै कास्कीको पोखरा महानगरपालिकाका ३ जनामा कोरोना संक्रमण भएको थियो । गण्डकीका अहिले सम्म कुल संक्रमितको संख्या ३ हजार ६ सय ४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार